पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको टिप्पणी – ओलीलाई विदा गर्न ढिलाई किन ?

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली सरकारलाई विदाई गर्न ढिलाई गर्न नहुने टिप्पणी गरेका छन् उनले असम्बैधानिक ढंगले संसद विघटनमा असफल भएपछि फेरि नयाँ प्रपंच गरिरहेका प्रधानमन्त्री केपी ओलीलाई विदा गर्न ढिलाई गर्नु प्रतिपक्षको धर्म अनुकुल नभउको जिकिर गरेका छन् ।

डा. भट्टराई प्रधानमन्त्री ओलीको गलत कदम विरुद्ध शुरुवातदेखि नै टिप्पणी गर्दै आइरहेका छन् । उनले ओली प्रविद्धिको अन्त्य नहुन्जेल मुलुकले निकास नपाउने बताउँदै आएका छन् ।

बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्नु भएको बताएका छन् । आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो टिप्पणी गरेका हुन् । कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयॅा निर्वाचनमा जान तयार रहनुपर्ने उनको जिकिर छ ।

बाबुराम भट्टराईको टिप्पणी
बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयॅा निर्वाचनमा जान तयार रहने हो।अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन:नयॅा प्रपंच गरिरहेको ओली सरकारलाई विदागर्न ढिलाइगर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है!

Facebook Comments