बढ्यो सुनको मुल्य

काठमाडौँ । केही समय यता सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिने क्रम जारी छ । हिजो घटेको सुनको भाउ बिहीबार भने तोलामा २०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार हुनेछ । अघिल्लो दिन बुधबार सुनको भाउ ८६ हजार ७०० रुपैयाँ रहेको थियो ।

आज तेजावी सुन भने प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार हुनेछ ।

यता, चाँदीको भाउ भने घटेको महासंघले जनाएको छ । बुधबार तोलामा एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज भने प्रतितोला १० रुपैयाँले घटेर एक हजार २३० रुपैयाँ कायम भएको हो ।

Facebook Comments