काठमाडौं । बाँके प्रहरीले प्रतिवन्धित पाटे बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ। बैजनाथ गाउपालिका–१ च्यामास्थित सुर्खेत–कोहलपुर सडकखण्डमा बाघको छाला र हड्डीको कारोबार भइरहेको अस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका– ११ का ५० वर्षीय गंग बहादुर खत्री, सोही गाउँका २० वर्षीय प्रकाश खत्री, दैलेख भगवतीमाई गाउँपालिका–४ का ३९ वर्षीय चन्द्र अधिकारी र जुम्ला तिला गाउँपालिका–४ का ३८ वर्षीय जयलाल नेपाली छन्।
प्रहरीले चेकजाँचका क्रममा चिसापानीबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका उनीहरूलाई पक्राउ गरिएको जनाएको छ। उनीहरूले बोकेको झोलामा पाटे बाघको छाला एक र गंग बहादुरको हातमा रहेको प्लाष्टिकको बोरामा बाघको जस्तो देखिने हड्डी साढे दुई किलोग्राम फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि बाँके राष्ट्रिय निकुञ्जको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।












Facebook Comments