‘यो अल्पमतको सरकार होइन, एमालेको दुबै हातमा लड्डु छ’

काठमाडाैं । सरकारका प्रवक्ता पार्वत गुरुङले केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा नरहेको बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्रले विश्वासको मत कायमै राखेकाले सरकार स्पष्ट बहुमतमा रहेको बताएका हुन् ।

अनुचित गठबन्धन गरेर सरकार टिकाइराख्नु आवश्यकता नरहेको उल्लेख गर्दै सञ्चार तथा सूचना प्रविधमन्त्री गुरूङले एमालेको दुबै हातमा लड्डु रहेको बताए ।

सरकारमा रहँदा आफूले अघि सारको एजेन्डा कार्यन्वयन गर्ने अवसर रहेको र प्रतिपक्षमा रहँदा पनि चुनावको तयारी गरेर बहुमत ल्याउने अवसर भएको गुरुले बताए ।

Facebook Comments