बढ्यो सुनको मूल्य, कति छ आज ?

काठमाडाैं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

आइतवार छापावाल सुन प्रति तोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रति तोला ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

आइतवार चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

Facebook Comments