माओवादी नेता जबेगु एमालेमा प्रवेश प्रचण्डलाई लाग्याे झट्का!

नेकपा माओवादी केन्द्रका नेता श्रीप्रसाद जबेगु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पूर्वराज्यमन्त्री समेत रहेका जगेबु एमाले प्रवेश गरेका हुन् । उनी दोस्रो संविधानसभामा माओवादीबाट समानुपातिक सभासद् थिए ।

जबेगु २०७३ सालमा प्रचण्डको नेतृत्वमा गठन भएको सरकारमा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री र पशुपंक्षी विकास राज्यमन्त्री भएका थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनुअघि नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका जबेगु पार्टी एकतापछि जिम्मेवारीविहीन थिए ।

Facebook Comments