म्यान्मारमा चिनियाँ दूतावास अगाडि प्रदर्शन

एजेन्सी । म्यान्मारमा चिनियाँ दूतावास अगाडि प्रदर्शन भएकाे छ।

अमेरिका, संयुक्त राष्ट्रसंघ लगायत विश्वभरबाट म्यान्मारको सैन्य कूको विरोध भइरहेको छ। तर रुस र चीनले भने म्यान्मारको सैन्य कूको कडा शब्दमा विरोध गरेका छैनन्।

त्यसकारण म्यान्मारमा चीन विरोधी भावना उत्पन्न भएको हो। सोही क्रममा आइतबार चिनियाँ कारखाना र होटलमा तोडफोड हुनुका साथै केही चिनियाँ व्यवसायीमाथि आक्रमण समेत भएको थियो।

म्यान्मारका नागरिकले चिनियाँ उत्पादनहरु समेत प्रयोग नगर्ने बताएका छन्। यस क्रममा म्यान्मार हुँदै बनाइने चीनको ग्यास–पाइप लाइन परियोजनाको पनि विरोध भइरहेको छ। त्यसबीचमा याङ्गुनको धेरै भागमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो।

झडपका क्रममा औद्योगिक क्षेत्रमा सुरक्षा फौजले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका थिए।

Facebook Comments