काठमाडाैँ । भारतले अनुदानमा दिएको कोभिसिल्ड खोप नेपालमा साढे चार लाखले लगाइसकेका छन् । चीनको सिनोफार्म खोपप्रति नेपाली जनतामा त्यति धेरै आकर्षण देखिएको छैन । भाइरसविज्ञ डा।सन्तोष दुलाल सिनोफार्मभन्दा कोभिसिल्ड निकै प्रभावकारी भएको बताउँछन् । उनका अनुसार चीनले अनुदानमा दिएको सिनोफार्मको असर कोभिसिल्डको भन्दा बढी हुन सक्छ ।
सिनोफार्म रासायनिक रूपले कोरोना भाइरसलाई निष्क्रिय पारिएको खोप भएको उनको भनाइ छ । ‘यसको प्रयोगले केही असर गर्न सक्छ, तर अक्सफोर्ड–एस्ट्राजेनेकाले भारतमा उत्पादन गरेको कोभिसिल्ड खोप चिम्पान्जीको गैरसंक्रामक र हानिरहित एडेनो भाइरस भेक्टरमा कोरोना भाइरसको स्पाइक प्रोटिनलाई जेनेटिकल्ली मोडिफाइड गरिएको छ, यसको प्रयोगले शरीरमा असर गर्दैन,’ उनले भने ।
भारत बायोटेकले उत्पादन गरेको ‘कोभ्याक्सिन’ पनि रासायनिक रूपले पूर्ण कोरोना भाइरसलाई निष्क्रिय पारिएको खोप हो । सिनोफार्मको प्रभावकारिता ७९ प्रतिशत छ भने कोभिसिल्ड ८४ प्रतिशत प्रभावकारी र सुरक्षित देखिएको छ । डा।दुलालका अनुसार सिनोफार्म खोपमा मृत भाइरस हुन्छ, जसले मानिसहरूलाई संक्रमित गर्न असमर्थ हुन्छ, तर पनि प्रतिरक्षा प्रणालीलाई संक्रमणको निर्देशन दिई कोभिड संक्रमणबाट रक्षा गर्न प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाइराख्छ ।
‘अक्सफोर्ड–एस्ट्राजेनेका खोप लगाएका ३० लाखमध्ये ३० जनामा गम्भीर एनाफाइलेक्सिस असर देखिएको विभिन्न अध्ययनले पुष्टि गरेका छन् । अक्सफोर्ड–एस्ट्राजेनेका खोप लगाएका प्रति १० लाखमा १० जनामा एनाफाइलेक्सिस प्रतिक्रिया हुन आउँछ । सिनोफार्म र कोभिसिल्डको विषयमा कुनै यस्तो अध्ययन अनुसन्धान भएको छैन,’ डा।दुलालले भने ।
Facebook Comments