काठमाडाैँ । चीन सरकारले अनुदानस्वरूप उपलब्ध गराउने कोभिड–१९ विरुद्धको खोप ‘सिनोफार्म’ ल्याउन नेपाल आफैँले खर्च गर्नुपर्ने भएको छ । अनुदानको आठ लाख डोज खोप आफ्नै खर्चमा ल्याउनुपर्ने भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार चीनले दिएको आठ लाख डोेज खोप लिन चार्टर विमान पठाउन लागिएको छ । ‘अनुदानको खोप भए पनि आफ्नै खर्चमा ल्याउनुपर्ने भएको छ,’ विभागका एक अधिकारीले भने, ‘नेपाल एयरलाइन्स वा हिमालयन एयरलाइन्स कुन जहाज पठाउने भन्ने यकिन निर्णय भइसकेको छैन ।’
विमान चार्टर गर्न कम्तीमा १० हजार डलर खर्च हुने अनुमान गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आगामी दश दिनभित्र सो खोप आउनेछ । अनुदानको खोप ल्याउन विमान चार्टर गर्नु उचित नहुने सुझाब स्वास्थ्य मन्त्रालय र विभागका अधिकारीहरूले दिएका छन् । गत ९ माघमा भारत सरकारले नेपाललाई अनुदानमा दिएको १० लाख डोज उसकै खर्चमा नियमित उडानमार्फत नेपाल पठाएको थियो ।












Facebook Comments