अस्ट्रेलियान पढ्‍ने चिनियाँ विद्यार्थीलाई चीनको चेतावनी

बेइजिङ । चीनको शिक्षा मन्त्रालयले हालसालै अष्ट्रेलियामा अध्ययन गर्ने आफ्ना विद्यार्थीका लागि एक चेतावनी जारी गरेको छ । अस्ट्रेलियाले पछिल्लो समय चीनविरुद्ध आक्रमण र कोरोना महामारीका कारण आलोचना र विरोध गरेको समयमा चीनले अस्ट्रेलियामा अध्ययन गर्ने विद्यार्थीका लागि नयाँ चेतावनी जारी गरेको हो ।

चिनियाँ विद्यार्थीहरूको सुरक्षाका लागि तुरुन्त र आवश्यक पहल गर्नुपर्ने विघहरुको धारणा अनुसार चीनको शिक्षा मन्त्रालयले नयाँ चेतावनी जारी गरेको हो । पछिल्लो समय चीन र अस्ट्रेलियाको सम्बन्ध बिग्रिँदै गएको छ । शुक्रबार जारी गरिएको घोषणामा, एमओईले चिनियाँ विद्यार्थीहरूलाई पूर्ण जोखिम मूल्यांकन गर्न र अध्ययन गर्न अष्ट्रेलियामै बस्‍ने र चीन फर्किने भन्‍ने निकै सावधानीपूर्वक निर्णय गर्न चेतावनी दिएको हो ।

चिनियाँ सञ्‍चामाध्यमहरुका अनुसार अस्ट्रे्लियामा चिनियाँ विद्यार्थीहरुमाथि क्रूर आक्रमणको शृंखलाले उनीहरूको व्यक्तिगत सुरक्षालाई गम्भीर खतरा देखाएको छ । महामारीले अन्तर्राष्ट्रिय यात्रालाई पनि जोखिमपूर्ण बनाएको समयमा अस्ट्रेलियाले चिनियाँ विद्यार्थीहरलाई दु:ख दिएको भन्दै आपत्ति जनाएका हुन् । जून २०२० मा शिक्षा मन्त्रालयले अष्ट्रेलियाको लागि पहिलो चेतावनी जारी गरेको थियो । चीनले सन् २०२१ मा अस्ट्रेलिया अध्ययन गर्न जाँदा विशेष ख्याल गर्न चेतावनी दिएको थियो ।कोरोना महामारीको उत्पत्तिका विषयमा अस्ट्रेलियाले स्वतन्त्र अनुसन्धान गर्नुपर्ने माग गरेपछि चीन आक्रोशित बनेको थियो । चीनमा रहेका अस्ट्रेलियन पत्रकार र अन्य पेशाकर्मीलाई पक्राउ गर्ने र यातना दिने गरेको थियो ।

Facebook Comments