चीनमा उइगर मुस्लिम महिलाहरूमाथि बलात्कार

एजेन्सी । पछिल्लाे केही वर्षदेखि चीनले शिनजियांग प्रान्तमा उइगर मुसलमानहरूमाथि अत्याचार गरिरहेकाे छ। उइगर मुसलमानहरूलाई सताउन चीनले विभिन्न नजरबन्द शिविरहरू स्थापना गरेको छ जसमा उनीहरूलाई विभिन्न प्रकारका यातना दिइन्छ। मानव अधिकार उल्ल्घनका कारण विश्वभरिका देशहरूले चीनको आलोचना गरेका छन्।

अब बेलायती नेताहरू र शिक्षाविद्हरूले उइगर मुसलमानहरूमाथिको अत्याचारमा चीनको बिरूद्ध विभिन्न प्रतिबन्ध लगाउन आग्रह गरिरहेका छन्। ओपन फोरमले हालै लन्डनमा आयोजना गरेको वेबिनारमा शिनजियांग प्रान्तमा बढ्दो अत्याचारका मुद्दाहरूको बारेमा छलफल भएको थियो।

चीनले कथित रूपमा शिक्षा केन्द्रहरूको नाममा निर्माण शिविरहरू चलाइरहेको छ। जसले जुनसँग लाखौं उइगर परिवारको जीवन नरक भइरहेको छ।  तर यसमा बसोबास गर्ने केही महिलाले पहिलो पटक ब्रिटिश प्रसारकहरूका समुन्ने मुख खोले र विश्वलाई चीनको सत्यका बारे जानकारी गराए।

ब्रिटिश प्रसारक बीबीसीसँग तुरसुने जियावुद्दीनले भने,’ चिनियाँ शासकहरू उइगर मुस्लिम महिलाहरूमाथि बलात्कार मात्रै नगरेर, बरु शरीरभरि दाम बस्ने गरी कुट्ने समेत गर्दछन्।’ जियावउद्दीन युगर एक मुस्लिम महिला हुन् जसलाई चीनले आफ्नो निर्माण शिविरमा बन्धक बनाएको थियो। बीबीसीकाे याे रिपोर्टले वेबिनार सुरु भयाे। यो आईटीवी न्यूजको अमेरिकी संवाददाता एम्मा मूर्फीले मध्यस्थता गरे।

चिनियाँ अधिकारीहरूको दबाबमा उइगर महिलाहरूकाे गर्भपतन, जबरजस्ती गर्भनिरोध र नसबन्दी अपरेशन हुँदै आएकाे छ। पछिल्लाे समय चीनमा रहेका उइगर मुलस्लिमहरूकाे अवस्था दर्दनाक रहेकाे विभिन्न रिपाेर्टले देखाएकाे छ। चीन अहिले पनि उइगर मुस्लिमहरूमाथि विभिन्न किसिमकाे याताना दिइरहेकाे छ।

Facebook Comments