मकवानपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश कुमार भट्टराईले केही दिनमा ओली सरकारलाई बर्खास्त गरी केही दिनमै नयाँ सरकार गठन हुने दाबी गरेका छन् ।
प्रेस संगठन नेपाल वाग्मती प्रदेशको सोमबार हेटौँडामा भएको भेलालाई सम्बोधन गर्दै भट्टराईले ओलीलाई बर्खास्त गरी केही दिनमै नयाँ सरकार गठन हुने बताएका हुन् ।
देशमा भएको आमुल परिवर्तनमा प्रेसको भूमिका अतुलनीय रहेको र सम्रग प्रेस जगप्रतिको स्वतन्त्रता कायम राख्न नेकपा प्रचण्ड-माधव समूह कटिबद्द रहेको उनले बताए ।
उनले प्रधानमन्त्रीले दिनदाहडै संसद विघटन गर्दा ठीक हो भन्दै त्यसको पछि लाग्नेलाई आफ्नो अस्तित्वको रक्षा गर्न चुनौती समेत दिएका छन् । नेता भट्टराईले प्रधानमन्त्री ओलीले आफूले गरेको गल्तीप्रति आत्मालोचनासहित पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
Facebook Comments