आज पनि घट्याे सुनको मूल्य

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ ।

छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा रु २० ले ओरालो लागेको छ । रु एक हजार ३५५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३३५ मूल्य निर्धारण भएको छ ।

Facebook Comments