मोरङ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश नम्बर एककाे प्रदेशसभामा दर्ता भएकाे अविश्वासको प्रस्ताव नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहलाई सहयोग गरेर पास गराइदिने बताएका छन् ।
विराटनगरमा शुक्रबार पत्रकारहरूसँगको कुराकानी गर्दै नेता पौडेलले सत्तापक्षको विपक्षमा बस्नु प्रमुख प्रतिपक्षको धर्म भएकाले प्रदेश १ र वाग्मती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पास गराउन कांग्रेसले समर्थन गर्ने बताएका हुन् ।
प्रस्ताव पास गराउन पार्टी सभापति शेरबहादुर देउवाले रोके पनि प्रदेशसभा सदस्यहरू नमान्ने पौडेलको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओली समूहलाई काँध हाल्ने प्रस्ताव सभापति देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठकमा ल्याउन नसक्ने दाबी पनि उनले गरे ।
Facebook Comments