७६ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका–८ बस्ने ३९ वर्षीय दलबहादुर लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार आइतबार बिहान दलबहादुरले ७६ वर्षीया वृद्धालाई मकै बारीमा लगेर जबरजस्ती करणी गरेका थिए ।

दलबहादुरविरूद्ध जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ ।

Facebook Comments