सोमबार थपिए १२२ कोरोना संक्रमित, १४४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ८४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा १४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६९ हजार २०४ पुगेको छ ।

यसैगरी आज देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५८१ रहेको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै हिजो नेपालमा १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Facebook Comments