संवैधानिक इजलासमा जवाफी बहस : संसद् प्रधानमन्त्री ओलीको नोकर होइन

काठमाडाैं । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् प्रधानमन्त्रीको नोकर नभएको बताएका छन् । सोमबार सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा जवाफी बहस गर्दै थापाले प्रधानमन्त्रीले संसदलाई नोकर सम्झिएको जिकिर गरे ।

उनले संसद् विघटनको अधिकार कुनै पनि प्रधानमन्त्रीलई नभएको बताए । थापाले भने, ‘प्रधानमन्त्री दिन सकेन भने संसद् आफैं विघटन हुन्छ। कुनै पनि धाराअनुसार बन्ने प्रधानमन्त्रीलाई विघटनको अधिकार छैन।’

कतिपय देशमा प्रधानमन्त्रीलाई र कतिपयमा राष्ट्रपतिलाई विशेषाधिकार भए पनि नेपालको संविधानमा दुवैलाई विशेषाधिकार नभएको बताए। यस्तै अहिलेको संविधानमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलले भनेजस्तो श्री ३ र श्री ५ पनि नभएको थापाले बताए।

Facebook Comments