आफ्नै दलका नेताहरुले काम गर्न नदिँदा निर्वाचनको घोषणा: केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका साथीहरूले काम गर्न नदिएको दोहोर्‍याएका छन् । आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै दलका साथीहरूले काम गर्न नदिँदा त्यसको प्रत्यक्ष असर व्यवस्थापिकामा पर्न नदिन आफूले निर्वाचनको घोषणा गरेको दावी गरे ।

आफ्नो कदम प्रतिगमन नभएको बताउँदै उनले आफूले बारम्बार निर्वाचन गराउने प्रतिबद्धता र तयारी गरिराखेको दोहोर्‍याउँदै ‘के मैले सधैँ शासन सत्तामा बसिराख्छु भनेको छु र ?’ भन्दै प्रश्न गरेका थिए ।

Facebook Comments