काठमाडौं । आफू दोस्रो पटक प्रधानमन्त्री बनेकाे तीन वर्ष पूरा भएकाे अबसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकालका उपलब्धि आज सार्वजनिक गर्ने भएका छन् ।
सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट ओलीले सरकारका उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेकाे सिंहदरबारको मूल भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय आजबाट साविककै स्थानबाट सन्चालन हुँदैछ ।
त्यहीँबाट ओलीले सरकारका उपलब्धिबारे जानकारी दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Facebook Comments