पार्टी विवाद समाधान नगरि निर्वाचनमा जान मिल्दैन : प्रचण्ड–नेपाल समूह

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपालले निर्वाचनसम्बन्धी गतिविधि अघि बढाउन नमिल्ने बताएकाे छ।

प्रचण्ड-नेपाल समूहका नेता लिलामणि पोखरेलले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा रहेको र निर्णय आइनसकेका कारण निर्वाचनसम्बन्धी गतिविधि अघि बढाउन नमिल्ने बताएका हुन् ।

आयोगले निर्वाचन आचारसंहिताबारे दलहरूसँग छलफल गर्न बोलाएको बैठकमा सहभागी भएका पोखरेलले निर्वाचनसँग सम्बन्धित कुनै काम अघि नबढाउन आयुक्तहरुलाई भनेको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसकाे विरूद्धमा परेका एक दर्जनभन्दा बढी रिटमाथि सर्वाेच्च अदालतमा सुनुवाइ जारी छ ।

Facebook Comments