काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक अध्यक्ष डा. गणेशराज जोशीले राजिनामा दिने भएका छन् । आयोगकाे प्रमुखमा पूर्व गृहसचिव प्रेमकुमार राईको नियुक्ति भएसँगै उनले कार्यवाहक अध्यक्षबाट राजिनामा दिन लागेका स्राेतकाे दावी छ ।
अख्तियार स्राेतका अनुसार आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका राईको मातहतमा बसेर आफुले काम गर्न नसक्ने कारण देखाउँदै उनले आजै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई राजिनामा बुझाउने तयारी गरेका हुन् ।
राई, जोशीभन्दा जुनियर अधिकृत हुन् । विगतमा राई जोशीकै मातहतमा आयोगका सचिवका रुपमा काम गरेका थिए । त्यसैले अहिले जुनियरको मातहतमा बसेर काम गर्न नसक्ने भन्दै उनले राजिनामा दिन लागेका हुन् ।
जोशी बुधबार कार्यालय गएका छैनन् । जोशी सँगै आयोगकी आयुक्त डा. सावित्री थापा गुरुङले पनि राजिनामा दिने सम्भावना रहेको स्रोतको दावी छ ।
अख्तियारमा नियुक्त भएका प्रमुख आयुक्त प्रेम कुमार राई, आयुक्तहरु जयबहादुर चन्द र किशोर कुमार सिलवालले आज दिउँसो साढे १२ बजे आयोगमा पदभार ग्रहण गर्दैछन् ।
Facebook Comments