उपराष्ट्रपति पुनद्वारा शपथग्रहण कार्यक्रम बहिष्कार

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संवैधानिक आयोगका प्रमुख र सदस्यहरुको शपथग्रहण कार्यक्रम बहिष्कार गरेका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा बुधबार विहान आयोजित शपथग्रहण कार्यक्रममा पुन सहभागी भएनन्। पूर्वमाओवादीबाट उपराष्ट्रपति बनेका पुन नेकपाको विवादले दुई समूहमा विभाजन भएपछि प्रचण्ड–नेपाल समूहमा देखिएका हुन्।

केहीदिन अघिमात्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टीका केन्द्रीय परिषद संयोजक बाबुराम भट्टराई र पुनले उनकै निवासमा भेटवार्ता गरेका थिए।

Facebook Comments