कोरोना खोप लगाउनेकाे संख्या १ लाख २८ हजार नाघ्याे

काठमाडाैं । नेपालमा काेराेना खाेप लगाउनेकाे संख्या १ लाख २८ हजार ६ सय ५० जना पुगेकाे छ । खोप अभियानको सातौं दिनसम्म देशभरका २ सय १ बुथबाट १ लाख २८ हजार ६ सय ५० जनाले काेराेना भाइरसविरूद्धकाे खाेप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुसार हालसम्म खोप लगाएका कुनै पनि व्यक्तिमा गम्भीर लक्षण देखिएको छैन् । ज्वरो तथा केही असहज अवस्था आए आराम गर्नुपर्ने जनाउँदै मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले सामान्य लक्षण केही समयपछि आफै ठिक हुने बताए ।

उनका अनुसार यो खोप पनि अरू खोप लगाउँदा जस्तै सामान्य असर देखिन सक्छ । खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने, मांसपेशी वा जोर्नी दुख्ने, बान्ता आउने आदि हुन सक्छ ।

माघ १४ गते सुरु गरिएको खोप अभियानमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवाप्रदायक गरी आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिलाई खोप लगाउने मन्त्रालयले जनाएकाे छ ।

Facebook Comments