काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता दावी गर्दै प्रचण्ड–नेपाल समूहका नेताहरुले निर्वाचन आयोगलाई पत्र बुझाएका छन् ।
नेपाल प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरु मंगलबार बिहान आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेर आधिकारिकताका लागि पत्र बुझाएका हुन् ।
सोमबार बसेको प्रचण्ड–नेपाल समूहको चौथो केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो ।
Facebook Comments