निर्वाचन आयोगले कानुन सचिव र पूर्वसचिवलाई छलफलका लागि बाेलायाे

काठमाडाैं । निर्वाचन आयोगले चुनावका विषयमा छलफल गर्न कानुन सचिव र पूर्वसचिवलाई बोलाएको छ । निर्वाचनको विधि, प्रक्रिया र चुनौतिका विषयमा आयोगले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव ऋषिराज भण्डारी र पूर्व कानुन सचिवहरूसँग छलफल गर्न मंगलबार दिउँसो आयोग कार्यालय बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार आगामी चुनावी प्रक्रियाका विषयमा विज्ञहरूको राय सुझाव लिने क्रममा कानुन मन्त्रालयका सचिव र पूर्वसचिवसँग पनि छलफल गर्न लागिएको हो । यसअघि सोमबार आयोगले आयोगका पूर्वप्रमुख आयुक्तहरूसँग छलफल गरेको थियो ।

सरकारले ५ पुसमा प्रतिनिधि सभा विघटन गरेर बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि चुनाव गर्ने घोषणा गरेको छ ।

Facebook Comments