प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौं । अन्तिम समयमा आएर नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय समितिको बैठक सरेको छ । बैठक दिउँसो १ बजेसम्मका लागि सरेको छ ।

प्रचण्ड–नेपाल समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ । संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

टवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ गते काठमाडौंमा फेरि विरोधसभा गर्ने तयारी गरेको छ ।

यसअघि पुस ७–९ मा बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक बसेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंबैधानिक कामको भण्डाफोरका लागि बैठकले केही ठोस निर्णय गर्ने बुझिएको छ।

Facebook Comments