सेनाको बख्तरबन्द गाडीले भोलि राति चक्रपथमा चक्कर लगाउने

काठमाडौं । नेपाली सेनाले माघ भोलि राति बख्तरबन्द गाडीले काठमाडौंको चक्रपथमा चक्कर लगाउने भएको छ ।

सैनिक जनसम्पर्क निर्देशनलायका अनुसार माघ १९ गते राति नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउने भएको हो ।

त्यस्तै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि निर्देशनालयले जनाएको छ ।

Facebook Comments