काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल पचण्ड–माधवकुमार नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती सुरु भइसकेको बताएका छन् ।
आइतबार प्रचण्ड–नेपाल समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली फेल भइसकेकाले उनको दिनगन्ति सुरु भइसकेको बताए ।
नेता खनालले संसद पुर्नस्थापनाको विकल्प नभएको पनि बताए । नेपाली जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाको निम्ति संसद्को पुर्नस्थापना गर्नुपर्ने उनको भनाइ छ ।
Facebook Comments