संसद विघटनविरुद्धको धर्नामा प्रचण्ड-नेपाल समूह

काठमाडाैं । संसद विघटन विरूद्ध निरन्तर आन्दोलनमा रहेकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आज माइतीघर मण्डलमा धर्ना कार्यक्रम गरेको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलनअन्तर्गत धर्ना कार्यक्रम माघ २१ गतेसम्म जारी रहने प्रचण्ड-नेपाल समूहले जनाएकाे छ।

माघ १४ गतेदेखि जारी धर्ना कार्यक्रममा आइतबार अध्यक्षद्वय पुष्पकमल दाहाल र माधबकुमार नेपाललगायतका नेता कार्यकर्ता सहभागी छन् ।

Facebook Comments