काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज माइतीघरमा धर्ना बस्ने भएकाे छ । संसद विघटनकाे विराेधमा निरन्तर आन्दोलनमा रहेकाे प्रचण्ड-नेपाल समूहले मध्याह्न १२ बजेदेखि धर्नामा बस्न लागेकाे जनाएकाे छ।
प्रतिनिधि सभा विघटनको असंवैधानिक घोषणा खारेजी मागसहित माइतीघरमा जारी धर्नामा आज प्रचण्ड र नेपाल आउने भएका सो समूहका नेता विष्णु रिजालले जानकारी दिए।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडारीले संसद विघटन गर्दै आगामी वैशाखमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । सो कदम असंवैधानिक भएको भन्दै सत्तारूढ नेकपा दुई धारमा विभाजित छ ।
Facebook Comments