काठमाडौं । काठमाडौंको दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा ट्रक चालक मकवानपुरका ३१ वर्षीय मोहनलाल रुम्बा र सहचालक अछाम घर भई काठमाडौं बस्दै आएका २८ वर्षीय गोमबहादुर बुढाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार थाहाखेलबाट फर्पिङतर्फ आउँदै गरेको बा ३ ख ६१९९ नम्बरको ट्रक हनुमाने क्षेत्रमा गएराति दुर्घटनामा परेको थियो ।
Facebook Comments