शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ। गत २४ घण्टामा २ सय ३२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ४ सय ५२ जना सक्रिय संक्रमित छन्।

शनिबार प्रदेश १ को कुनै पनि जिल्लामा कोरोना संक्रमित भेटिएका छैनन्। प्रदेश २ को धुनषामा १, बारामा १, महोत्तरीमा १, रौतहटमा १ र सर्लाहीमा २ जनामा कोरोना भेटिएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ८० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा ४३, दोलखामा १, धादिङमा २, भक्तपुरमा ९, मकवानपुरमा १, ललितपुरमा २० र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १७, गोरखामा २, नवलपरासीमा पूर्वमा ४, बागलुङमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा १, गुल्मीमा ४, नवलपरासीमा ३, पाल्पामा ८, प्यूठानमा १, बाँकेमा ८, बर्दियामा १ र रुपन्देहीमा १० जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन। सुदूरपश्चिम प्रदेशको कैलालीमा १ जनामा मात्र कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Facebook Comments