काठमाडौं । अलिबाबा ग्रुपमाथि सरकारको अनुसन्धानबारे समाचार सम्प्रेषण नगर्न चीन सरकारले देशका मिडियाहरुलाई निर्देशन दिएको छ ।
अलिबाबाको मिडिया कभरेजलाई रोक्न चीन सरकारको त्यस्तो आदेशले अलिबाबा अनुसन्धानको मुद्दा चीनको लागि राष्ट्रिय राजनीतिक संवेदनशिलताको विषय बनेको देखिन्छ ।
बेइजिङले पछिल्लो महिना यता ज्याक माको व्यवसायिक साम्राज्यविरुद्ध धावा बोल्दै आइरहेको छ ।
गत नोभेम्बरको अन्तिम समयमा आएर चीन प्रशासनले आन्ट ग्रुपको अलिबाबा पेमेन्टको शेयर निश्काषनलाई पनि रोकिदिएको थियो । त्यसयता चीन सरकारले अलिबाबाको एकाधिकार व्यवसायिक अभ्यास विरुद्ध पनि अनुसन्धान थाल्यो ।
गत अक्टोबरमा साङ्घाईमा आयोजित बण्ड सम्मेलनमा ज्याक माले चीन सरकारको वित्तीय प्रणाली र सरकारी बैंकको ऋण नीतिको आलोचना गरेका थिए ।
Facebook Comments