भारतमा कोरोना खोप लगाएका ४४७ जनामा साइडइफेक्ट

एजेन्सी । भारतमा ४८ घण्टामा २ लाख ७ हजार २ सय २९ जनाले कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाएका छन् । १६ र १७ जनवरीमा भ्याक्सिन लगाएकामध्ये ४ सय ४७ जनामा साइडइफेक्ट देखिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा जम्मा ४ सय ४७ जनामा साइडइफेक्ट देखिएको जनाइएको थियो । स्वास्थ्यसचिव डा. मनोहर अगनानीले साइडइफेक्ट देखिएकाहरूको अवस्था पनि सामान्य रहेको बताए ।

साइडइफेक्ट देखिएकामध्ये जम्मा तीनजनालाई अस्पताल भर्ना भएको छ । भर्ना भएकाहरू पनि २४ घन्टाभित्रै डिस्चार्ज भइसकेका छन् । उनले भ्याक्सिन लगाएका धेरैजसोमा हल्का ज्वरो आएको, टाउको दुखेको र शरीर चिलाउने समस्या भएको जनाए ।

खोप अभियान सुरु भएको दोस्रो दिन आइतबार आन्ध्र प्रदेश, कर्नाटक, केरल, मणिपुर र तमिलनाडुमा भ्याक्सिन दिइएको थियो । भारतले यो अभियानलाई विश्वकै ठूलो खोप अभियान दाबी गरेको छ ।

Facebook Comments