पूर्व मुख्यसचिव रेग्मी राजदूतमा नियुक्त

काठमाडौं । पूर्व मुख्यसचिव लोक दर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए । त्यही दिन उनलाई मन्त्रिपरिषद बैठकले राजदूत सिफारिस गरेको थियो ।

उनीसँगै अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस भएका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा भने यसअघि नै राजदूत नियुक्त भइसकेका छन् ।