सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ। गत २४ घण्टामा ३ सय २२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ८ सय ६१ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को झापामा ४, मोरङमा ५ र सुनसरीमा २ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को बारामा १, सप्तरीमा २, सर्लाहीमा १ र सिरहामा १ जनामा कोरोना भेटिएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा २२, धादिङमा १, नुवाकोटमा १०, भक्तपुरमा ७, मकवानपुरमा ५, सिन्धुलीमा २ र ललितपुरमा १५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा ४, तनहुँमा ६, नवलपरासीमा पूर्वमा ६, पर्वतमा ३, म्याग्दीमा ४, लमजुङमा २ र वागलुङमा ११ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, दाङमा ३, पाल्पामा ३, बर्दियामा २, बाँकेमा १९ र रुपन्देहीमा ६ जनामा कोरोना पाइएको छ। गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना भेटिएको छैन। सुदूरपश्चिम प्रदेशको बझाङमा ५ जनामा मात्र कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Facebook Comments