देशभर थपिए ३२२ कोरोना संक्रमित, ३७४ जना डिस्चार्ज, ६ जनाको मृत्यु

coronavirus-thumb-img

काठमाडौं । नेपालमा आज थप ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ३७४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ ।

यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै नेपालमा हिजो २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Facebook Comments