श्रीमती हत्याकाे आराेपमा श्रीमान् पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हत्या आराेपमा एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुर गढी गाउँपालिका-२ स्थित भालङटारका ४६ वर्षीय देवराज गोले रहेका छन् ।

सोमबार बिहान देवराजकी श्रीमती ४६ वर्षीया श्रीमाया गोले घरभित्रै मृत फेला परेकी थिइन् । घटना संकास्पद देखिएकाले देवराजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानको क्रममा श्रीमायाको हत्यामा देवराजको संलग्नता देखिन आएकोले उनलाई नियन्त्रणमा लिएको उनको भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments