‘संविधान बचाउन कांग्रेसले आन्दोलनको नेतृत्व लिनुपर्छ’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमाथि आएको संकटलाई बचाउन नेपाली कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनु पर्ने बताएका छन् ।

सोमबार गणेशमान सिंह तथा शहीद स्मृती शान्ति प्रतिष्ठानले राजधानीमा गरेको अन्तक्रियामा डा. भट्टराईले आन्दोलनमा जाने कि निर्वाचनमा भनेर कांग्रेस अलमलमा रहेको भन्दै देशको नेतृत्व गर्न निर्वाचन नै कुर्न नपर्ने बताए । संसद पुनःस्थापना भए कांग्रेसले नै नेतृत्वको अवसर पाउन सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा डा. भट्टराईले भने, ‘प्रतिनिधि सभा विघटन संविधानको व्यवस्थाभन्दा बाहिरबाट गरिएको छ, यो संविधानमाथिको प्रहार हो, संविधानलाई जोगाउन अब कांग्रेसले नै आन्दोलनको नेतृत्व लिने समय आयो ।’

Facebook Comments