एटीएमबाट पैसा चोर्न खोज्ने पक्राउ

काठमाडौं । काठमाडौंमा एटीएम फोडेर चोरी गर्न खाेज्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा बैतडी महादेवस्थान गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने २८ वर्षीय कमलबहादुर धानुक रहेका प्रहरीले जनाएकाे छ ।

उनले आइतबार राति नागार्जुन नगरपालिका–२ ठूलोभर्‍याङस्थित एनआईसी एशिया बैंकको एटीएम फोडेर चोरी गर्न खाेजेका थिए । उनलाई एटीएम फुटाउँदै गर्दा प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार एटीएम फाेड्न खाेज्ने अर्का एकजना फरार रहेका छन् । फरार व्यक्तिकाे खाेजि जारी रहेकाे र थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

Facebook Comments