रुपन्देही । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले बालिका बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका-१३ मा मजदूरी गर्ने कपिलवस्तु वाणगंगाका २८ वर्षका होमबहादुर विक रहेका छन् ।
पक्राउ परेका विकले तिलोत्तमा नगरपालिका-१५ की पाँच वर्षीय बालिकालाई माघे सङ्क्रान्तिकाे दिन बलात्कार गरेका थिए । बालिकाले बलात्कार गरेको उजुरी दिएपछि त्यसैका आधारमा पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रविन पोखरेलले जानकारी दिए ।
बालिकाको रुपन्देहीमा उपचार हुन नसकेपछि काठमाडाैं ल्याइएकाे छ । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
Facebook Comments