प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइ सुरु

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतकाे संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा साेमबार अधिवक्ता दिनमणि पोखरेलले बहस सुरु गरेका छन् ।

आइतबार चार जना अधिवक्ताहरुले रिटमाथि बहस गरेका थिए । आइतबार रिट निवेदनकर्ताको तर्फबाट अधिवक्ताहरु भीमार्जुन आचार्य, बद्रीराज भट्ट, सुनील पोखरेललगायतले बहस गरेका थिए । सर्वोच्चले अब दैनिक रुपमा रिटमाथि बहस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको जिकीरसहित सर्वोच्चमा एक दर्जन बढी रिटहरु दायर भएका छन् ।

Facebook Comments