झापामा एम्बुलेन्स दुर्घटना : दुई जनाको मृत्यु

बिर्तामोड । झापामा एम्बुलेन्सकाे ठक्करबाट दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । झापाकाे दमक नगरपालिका–४ ताराबारीस्थित पूर्वपश्चिम राजमार्गमा सोमबार साेमबार बिहान ९:४० बजेतिर मे १ च १२४६ नम्बरको एम्बुलेन्सले प्रदेश १, ००३ ह ६२४ नम्बरको अटोरिक्सालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा अटोरिक्सा चालक मोरङ, उर्लाबारी नगरपालिका–४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र अटोमा सवार अन्दाजी ४० वर्षका सन्तोष श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

अटोमा सवार दमक–४ का २० वर्षीय राजन सिलवाल र सौजन मगर तथा मे११प ९५२५ नम्बरका मोटरसाइकल चालक दमक–६ का २८ वर्षीय रमेश पोखरेल घाइते भएका छन् ।

Facebook Comments