सुनको मूल्य घट्याे

काठमाडौं । सोमबार सुनको मूल्य ताेलामा २०० रूपैयाले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकाे छ ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।

यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेकाे छ ।

Facebook Comments