मोदीले मन्त्री ज्ञवालीलाई भेट्न मानेनन्, ओली सरकारलाई लाग्यो झट्का

नयाँदिल्ली । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग भेट नै नगरी स्वदेश फर्कन लागेका छन्।

स्राेतका अनुसार भारतीय प्रधानमन्त्री मोदीले समय नदिएपछि परराष्ट्र मन्त्री ज्ञवाली उनलाई भेट नगरी स्वदेश फर्कन लागेका हुन् ।

नेपाली पक्ष ज्ञवाली शनिबार स्वदेश फर्कनुअघिसम्म भेटको समय मिलाउन प्रयासरत थियो । तर, मोदीले समय नदिएपछि त्यो भेट सम्भव भएन । दिल्लीस्थित दूतावासले मोदीसँगको भेटका लागि ज्ञवाली भारत आउनु अघिदेखि नै प्रयास गरेको थियो ।

नेपाली पक्षले ज्ञवाली शनिबार स्वदेश फर्किनुअघिसम्म पनि मोदीसँग भेट हुने आशा गरेको थियो । त्यही आशमा ज्ञवाली अन्तिम समयसम्म आफू बसेको होटल ताजमा भारतीय पक्षबाट भेटको समय मिल्ने पर्खाइमा थिए । तर, अन्तिममा भेट नहुने निश्चित भएपछि ज्ञवाली एअरपोर्टतिर लागेका हुन् ।

Facebook Comments