प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक बस्दै छ ।

बैठक आज दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

उनका अनुसार बैठकमा संसद् विघटनविरुद्ध आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।

सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा प्रचण्ड-नेपाल समूह निरन्तर आन्दोलनमा छ ।

Facebook Comments