बागलुङ । जिल्ला प्रहरी कार्यालयले बागलुङले ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा परेकाले उनलाई आज दिउँसो ३ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।
२०७६ सालमा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उनविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । २०७६ कात्तिक १२ गते खुंगामा एकापसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरानो मुद्दा भएकाले पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि अदालत पेश गरिने भण्डारीले बताए ।
Facebook Comments