काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मीलाई पक्राउ गरेकाे छ ।
गायक प्रमोद खरेललगायत केही कलाकारहरूले आइतबार परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा अध्यक्ष रेग्मीविरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर प्रतिलिपि अधिकार (कपि राइट) उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरेकाे हाे ।
उनलाई सोमबार प्रकाउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । कलाकारहरूले कपी राइट सम्बन्धमा दिएको जाहेरीको आधरमा लिनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ । यस बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।
Facebook Comments