प्रदेशसभा विघटन हुँदैनन् : मुख्यमन्त्री गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभा विघटन नहुँने दावी गरेका छन् । 

मंगलबार सुरु भएको गण्डकी प्रदेशकाे विशेष अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले भने ‘सबै प्रदेशसँग राय लिनुपर्‍यो ? मुख्यमन्त्रीहरुको धारण के छ ? यसै प्रदेशसभा विघटन हुन्छ ?’ उनले प्रतिनिधिसभा विघटन रहरभन्दा पनि बाध्यताले गर्नुपरेको बताए ।

६४ प्रतिशत जनमत प्राप्त दलको नेताले आफ्नै पार्टीको खिचातानीले संसद विघटन गर्न बाध्य हुनुपरेको उनकाे भनाइ थियाे ।

विगतको इतिहासमा राजा महेन्द्र शाह, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीले पनि आफ्नै पार्टीको किचलोका कारण संसद विघटन गरेको इतिहास हुँदाहुँदै आज प्रधानमन्त्री केपी शर्मा ओलीले सो इतिहास दोहोर्‍याएको बताए ।

गणतन्त्रमा राष्ट्रपतिलाई राजाको उपनाम दिनु र विरोध गर्नु भनेको गणतन्त्र कमजोर बनाउन खोजिएको समेत आरोप लगाए ।

Facebook Comments