नेकपा स्थायी कमिटी बैठक बालुटारमा सुरु, ओली अनुपस्थित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएकाे बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा केपी शर्मा ओली सहभागी छैनन् ।

ओली नआइपुगे पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सुरु गरेका छन् । बैठक अगाडि बुधबार विहान ओली र प्रचण्ड बीच भेटवार्ता भएको थियो । करिब आधा घण्टा छलफल गरेर प्रचण्ड बैठकमा आएका हुन् ।

बुधबारको बैठकमा पार्टी भित्र देखिएको संकटबारे छलफल हुने एजेण्डा पूर्व निर्धारित छ । तर, मंगलबार मात्रै सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएकाले यो विषयले पनि स्थायी कमिटीमा प्रवेश आउने संभावना छ ।

गएको मंसिर २१ देखि शुरु भएको स्थायी कमिटी बैठक चलिरहेकै अवधिमा ओलीले मंगलबार अध्यादेश ल्याए पछि प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका पाँच नेताको बैठक मंगलबार खुमलटारमा बसेको थियो ।

Facebook Comments